सिन्धुली । साउन ३० गते,
सिन्धुलीमा थप १३ जनामा कोरोना भा ईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८८ जनाको स्वाब सं कलन गरी पिसिआर परिक्षण गर्नका लागि प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएकोमा शुक्रबार १३ जनाको कोरोना सं क्रमण पोजेटिभ र बाँकीको निगेटिभ रिपोर्ट प्राप्त भएको हो । जिल्लामा पहिलो पटक यतिधेरै कोरोना सं क्रमणका बिरामी भेटिएका हुन् । कार्यालय प्रमुख जितेन्द्र साहका अनुसार कोरोना पोजेटिभ पाईएकाहरु मध्ये बिदशसबाट आएर कमलामाई नगरपालिका–६ माझिटारस्थित क्वारेन्टाईनमा बस्दै आएका २१ देखि ३६ बर्षभित्रका सात जना पुरुष रहेका छन् । ती मध्ये चार जना कमलामाई नगरपालिकाका र तीन जना तीन पाटन गाँउपालिकाका रहेका छन् । बाँकी संक्रमित मध्ये नेपाली सेनाको पर्याबरण गण रानीबास र सदरमुकामस्थित व्यारेकमा कार्यरत ३५ र ३६ बर्षका दुई जना नेपाली सेना रहेका छन् । त्यस्तै कमलामाई नगरपालिका–७ का १८ बर्षिय एक पुरुष, सिन्धुली अस्पतालमा कार्यरत कमचारी कमलामाई नगरपालिका –५ का ३५ बर्षिय महिला रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै क्ट्याक ट्रेसिङ गरेका महोत्तरी जिल्ला निवासी दुई जना पुरुष कोरोना संक्रमित रहेका र उनीहरु अहिले सिन्धुली जिल्लामा नरहेको उहाँले बताउनुभयो । यो सहित सिन्धुली जिल्लामा कोरोना सं क्रमित बिरामीको संख्या ३३ पुगेको कार्यालयले जनाएको छ । कोरोना सं क्रमित महोत्तरी जिल्लाका दुई जना बिरामीको उपचार उतै हुने र बाँकी ११ जनालाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भई रहेको कार्यालय प्रमुख साहले बताउनुभयो ।
सिन्धुलीमा थप १३ जनामा कोरोना पुष्टि
- प्रकाशित मिति: शुक्रबार, साउन ३० २०७७
- तामाकोशी