रामेछापमा एकसय दुई जनाको पीसीआर रिपोर्ट आउन बाँकि ,५९ जना क्वारेन्टीनमा

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०७७
  • तामाकोशी

रामेछाप । साउन ३० गते,
रामेछापमा स्वाब संकलन गरि कोरोना परीक्षणका लागि स्वाब पठाइएका अझै १ सय २ जनाको रिपोर्ट आउन बाँकि छ । जिल्लामा विभिन्न समयमा गरि ३३ जनामा संक्रमण पुष्टि भएको र ७ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २४ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने मन्थली नगरपालिकाका ७ जना , दोरम्बा गाउँपालिकाका १ जना र सुनापति गाउँपालिकाका १ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्ला अस्पतालमा ४९ , मन्थली नगरपालिकामा २ सय ३९ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि ८ सय ५५ जनाको स्वाब पीसीआर विधिबाट कोरोना परीक्षण गर्न पठाइएकोमा १ सय २ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ९ जना महिला र ५० जना पुरुष गरि ५९ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ३५ बेडको आइसोलेशन कक्ष र ४ सय ५३ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।