काठमाडौं । साउन २७ गते,
नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थपिएकामा काठमाडौं उपत्यकाका अहिलेसम्मकै बढी एक सय ३४ जना रहेका छन् । तीमध्ये काठमाडौंका ११०, ललितपुरका १६ तथा भक्तपुरका ८ जना हुन् । अहिलेसम्म एक सय ८३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । हाल ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसबाट मृ*त्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृ*तक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले बताउनुभयो ।
धनुषाका ६० वर्षीय पुरुष, धनुषाकै ५० वर्षीय पुरुष, काभ्रे पाँचखालकी ५० वर्षीया महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृ*त्यु भएसंगै मृ*तकको संख्या ८३ भएको हो । पछिल्लो २४ घण्टामा एक सय ७१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ११ हजार ५८ जना क्वारेन्टिनमा र ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुग्यो, संक्रमणबाट ८३ जनाको मृ*त्यु
- प्रकाशित मिति: मंगलबार, साउन २७ २०७७
- तामाकोशी