सिन्धुली । साउन २६ गते ,
एकै दिन छ जनामा कारोना संक्रमण भएपछि सिन्धुलीमाडीमा रहेको सिन्धुली अस्पतालका इमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । संक्रमण हुनेमा चार जना नेपाली सेनाका जवान रहेको छन् भने अन्य दुई जना अस्पतालमा कार्यरत कर्मचारीका अभिभावक र अर्का एकजना सर्वसाधरण रहेको जनाईएको छ । सिन्धुलीमा कोरोना संक्रमित बढेसंगै सिन्धुली अस्पतालले प्रदान गर्ने आकस्मिक सेवा बाहेक अन्य सेवा तीन दिनका लागि बन्द गरिएको हो । सिन्धुलीमा अहिलेसम्म ३३ जनामा कोरोना देखिएको छ । संक्रमण बढ्न थालेपछि सुनकोशी गाउँपालिकाका मूल्कोट बजारका होटल तथा रेष्टुरेन्ट वातावरण सहज नभएसम्मका लागि बन्द गरिएको छ ।
सिन्धुलीमा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि
- प्रकाशित मिति: सोमबार, साउन २६ २०७७
- तामाकोशी