रामेछापमा ५६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, ७५ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: बिहिबार, साउन २२ २०७७
  • तामाकोशी

रामेछाप । साउन २२ गते,
रामेछापमा ५६ जनाको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएका ५६ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । हालसम्म जिल्लामा ५ सय ९४ जनाको स्वाब परीक्षण रिपोर्ट आइसकेको छ भने ५६ जनाको रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित ४ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय ६७ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा ३७ , मन्थली नगरपालिकामा १ सय ५८ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा ३०, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये ५६ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताउनुभयो । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले १० जना महिला र ६५ जना पुरुष गरि ७५ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा ४८ , गोकुलगंगा गाउँपालिकामा ७ , लिखुतामाकोशी गाउँपालिकामा ११ र सुनापति गाउँपालिकामा ३ गरी जिल्लाभर ७५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय २७ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।