नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुग्यो , थप ४१८ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: सोमबार, साउन १९ २०७७
  • तामाकोशी

काठमाडौं । साउन १९ गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । थपिनेमा काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा ३ सय ५८ जनाले कोरोना जितेर घर फर्केका छन् । हालसम्म निको भएकाको संख्या १४ हजार ९ सय ६१ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ । २४ घण्टाको अवधिमा ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । हाल ५ हजार ७ सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमले ६० वर्ष पुगेका वृद्धवृद्धा तथा १२ वर्ष मुनिका बच्चाबच्चीलाई घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । वृद्धवृद्धलाई कोरोना भएमा बचाउन गाह्रो हुने र बच्चाबच्ची सामाजिक दूरीमा बस्न नसक्ने भएकाले घर बाहिर ननिस्कन आग्रह गरिएको हो ।