काठमाडौं, साउन १५ गते । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखले निजी संस्थामा काम गर्न नपाउने सरकारको निर्णयको प्रति सरकारी चिकित्सक संघ गोदानले आप’त्ति जनाएको छ। गोदानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्थाको नीतिको अपव्याख्या गर्दै हतारमा बिना सुझबुझ उक्त निर्णय गरेको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ।
गोदानले आज एक विज्ञप्ती जारी गर्दै एक चिकित्सक एक स्वास्थ्य संस्था लागू गर्ने हो भने त्यसका लागि गठित समितिले दिएको सुझाव अनिवार्य लागू गर्न गोदानले जोड दिएको हो। गोदानले भनेको छ, यसरी न्यून तलबमा काम गर्न बाध्य चिकित्सकले थप समयमा गर्ने थप मेहनतको आम्दानीलाई नै लक्षित गरी संस्था प्रमुख हुनबाट रोक्ने र विद्वान र विशेषज्ञ जनशक्तिलाई सरकारी अस्पतालको नेतृत्वदायी भूमिकाबाट बञ्चित गरी सोबाट गलत फाइदा उठाउने नीतिगत स्तरमा नियोजित चलखेल भएको यस संघको ठहर छ। । अबदेखि सरकारी चिकित्सकहरूले निजी क्लि’निकमा काम गर्न नपाउने सरकारले चालू आर्थिक वर्षको बजेटमा एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था गरिएको छ। यसलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयले एक समिति बनाएको छ। सो समितिले विभिन्न बैठक तथा छलफल गरी सरकारलाई सुझाव दिएको छ। गोदानले उक्त सुझाव कार्यान्वयनको माग गरेको बताइएको छ।
न्युन तलबमा काम गर्न बाध्य चिकित्सकहरूले थप समयमा गर्ने थप मेहनतको आम्दानीलाई नै लक्षित गरी संस्था प्रमुख हुनबाट रोक्ने र विद्वान र विशेषज्ञ जनशक्तिलाई सरकारी अस्पतालको नेतृत्वदायी भुमिकाबाट बञ्चित गरी सोबाट गलत फाइदा उठाउने नीतिगत स्तरमा नियोजित चलखेल भएको गोदानको ठहर छ।