नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो , मृ*त्यु हुनेको संख्या ४४ पुग्यो

  • प्रकाशित मिति: शुक्रबार, साउन ९ २०७७
  • तामाकोशी

काठमाडौं । साउन ९ गते,
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको मन्त्रालयले बताएको छ । अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ८३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् । नेपालमा कोरोना भाइरसबाट मृ*त्यु हुनेको संख्या ४४ पुगेको छ । बिहान पर्साको वीरगञ्जकी ८५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसंगै मृ*तकको संख्या ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।
अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण भएको छ । हाल १९ हजार ७ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ८३ जना आइसोलेसनमा रहेका छन् । पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् ।