नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो, ज्यान जानेको संख्या ४१ पुग्यो

  • प्रकाशित मिति: बुधबार, साउन ७ २०७७
  • तामाकोशी

काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरसबाट थप १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महोत्तरीका ६० वर्षीय शशि भुषण झा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।
सात दिन अगाडी मात्रै कोरोना पुष्टि भएका महोत्तरीका झाको मंगलबार राति अस्पतालको आइसोलेसनमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । अहिले मृ’तकको शव ब्यबस्थापनको तयारी भइरहेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।