काठमाडौँ । रौतहटका कोरोनाबाट थप १ जनाको मृ त्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा रौतहटका ३६ वर्षका पुरुष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिँदै रौतहटका ति पुरुषको दिउसो साडे २ बजे उपचारका क्रममा नि धन भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय १६ जनामा कोरोना सं क्रमणको पुष्टी भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । त्यस्तै आज मात्रै थप ६ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।