रामेछाप । असार ३१ गते,
रामेछापमा हालसम्म ५ सय ८ जनाको पीसीआर र ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २६ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ५८ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १२ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
जिल्लाको विभिन्न स्थानमा अहिले ३ जना महिला र ८४ जना पुरुष गरि ८७ जना क्वारेन्टिनमा बसेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा १७ , रामेछाप नगरपालिकामा २२ , खाँडादेवी गाउँपालिकामा १७ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ४ , लिखुतामाकोशी गाउँपालिकामा १४ र सुनापति गाउँपालिकामा ३ गरी जिल्लाभर ८७ जना क्वारेन्टिनमा रहेको पनि बताए । कोरोना भाइरसका कारण आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्
