नेपालमा ७ हजार ७५२ जनाले कोरोना जिते

  • प्रकाशित मिति: बुधबार, असार २४ २०७७
  • तामाकोशी

काठमाडौं । असार २४ गते,
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढे जस्तै कोरोना भाइरस कोभिड १९ लाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । हालसम्म ३५ जनाको मृत्यु भएको छ ।