रामेछाप । असार २१ गते,
रामेछापमा हालसम्म ४ सय ३४ जनाको पीसीआर विधि र ८ सय ७१ जनाको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ७ जनाको पीसीआर नेगेटिभ , २३ जनाको पोजेटिभ रिपोर्ट आएको र ४ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ७३ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ७ र जिल्ला अस्पतालमा २६ जनाको पीसीआर परीक्षणका गरिएको छ । कोरोना पुष्टि भएका १३ जना कोरोना मुक्त भएका छन् भने ९ जनाको जिल्ला अस्पताल र ३ जनाको लिखुतामाकोशी गाउँपालिकाको आइसोलेशनमा उपचार भैरहेको कर्णले जानकारी दिए ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २० जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला १० र पुरुष १ सय १० जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा ३१ , रामेछाप नगरपालिकामा २६ , गोकुलगंगा गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा २ , खाँडादेवी गाउँपालिकामा १२ , सुनापति गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३१ जना गरी १ सय २० जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ८९ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापमा ४ सय ३४ पीसीआर परीक्षण ,१२० जना क्वारेन्टिनमा
- प्रकाशित मिति: आइतबार, असार २१ २०७७
- तामाकोशी