काठमाडौं । असार १८ गते,
नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २र२ जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।
कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो , थप ४७३ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: बिहिबार, असार १८ २०७७
- तामाकोशी