रामेछापमा ४२९ जनाको पीसीआर परीक्षण , ११४ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: सोमबार, असार १५ २०७७
  • तामाकोशी

रामेछाप । असार १५ गते,
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्च नेपाल सरकारले लकडाउन जारी ९७ औं दिन पुरा भएको छ । यस अवधीमा रामेछापमा ४ सय २९ जनाको पीसीआर विधि र ७ सय ६७ जनाको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको र २३ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ७२ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ७ र जिल्ला अस्पतालमा २२ जनाको पीसीआर परीक्षणका गरिएको छ । कोरोना पुष्टि भएका १३ जनालाई कोरोना मुक्त भएपछि डिस्चार्ज गरिएको छ भने ७ जनाको जिल्ला अस्पताल र ३ जनाको लिखुतामाकोशी गाउँपालिकाको आइसोलेशनमा उपचार भैरहेको कर्णले जानकारी दिए ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय १४ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ७ र पुरुष १ सय ७ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा २२ , रामेछाप नगरपालिकामा २० , गोकुलगंगा गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा २ , खाँडादेवी गाउँपालिकामा २२ , सुनापति गाउँपालिकामा २ र लिखुतामाकोशी गाउँपालिकामा ३० जना गरी १ सय १४ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७५ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।