सुर्खेत । असार ९ गते,
सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार ज्यान गएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका(३ का ४५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार ज्यान गएको डाक्टर पौडेलले बताए । मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।
कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान गयो
- प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
- तामाकोशी