रामेछापमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति: शनिबार, असार ६ २०७७
  • तामाकोशी

रामेछाप । असार ६ गते,

रामेछापमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकु प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ का ३ जनामा शनिबार कोरोना पोजेटिभ देखिएको हो ।  संक्रमण देखिएका मध्ये १ महिला र २ पुरुष छन् । उनीहरुमध्ये एक पुरुष ३३ वर्षका छन् । बाँकी २ संक्रमित भने २५/२५ वर्षका श्रीमान श्रीमति छन् । उनीहरु भारतबाट आएर वडाकै क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई ७ दिन क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौँ ल्याईएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । रामेछापबाट यसअघि २ जनाले टेकुमा आएर स्वाब परीक्षण गराएका थिए । उनीहरुको पोजेटिभ रिपोर्ट आएपछि उपचार गराएर निको भएर घर फर्किसकेका छन् । हाल उपचारको क्रममा रहेका सबै जना भारतबाट आएका हुन् ।