रामेछापमा ३८९ स्वाब संकलन , ६४ जनाको रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: शुक्रबार, असार ५ २०७७
  • तामाकोशी

रामेछाप । असार ५ गते,
रामेछापमा ६४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । ३ सय ८९ जनाको स्वाब संकलन गरी पठाइएकोमा १९ जनाको पोजेटिभ आएको छ । ३ सय ६ जनाको नेगेटिभ रिपोर्ट आएको र ६४ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । हालसम्म मन्थली नगरपालिमा ६१ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा २४ , सुनापति गाउँपालिमा ६ र जिल्ला अस्पतालमा १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६४ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लामा अहिलेसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २३ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ५ र पुरुष १ सय १८ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा ८ , मन्थली नगरपालिकामा १८ , रामेछाप नगरपालिकामा २९ , गोकुलगंगा गाउँपालिकामा १९ , दोरम्बा गाउँपालिकामा ३ , खाँडादेवी गाउँपालिकामा १४ र लिखुतामाकोशी गाउँपालिकामा ३२ जना गरी १ सय २३ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए ।
कर्णका अनुसार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ , लिखुतामाकोशी गाउँपालिकाका ६ र मन्थली नगरपालिकाका एक जना गरी १८ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७५ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।