कोरोना संक्रमितको संख्या ७८सय ४८ पुग्यो , एकैदिन थप ६७१ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: बिहिबार, असार ४ २०७७
  • तामाकोशी

काठमाण्डौ । असार ४ गते,
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।