रामेछामा थप एक जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: मंगलबार, असार २ २०७७
  • तामाकोशी

रामेछाप । असार २ गते,
रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । मंगलबार आएको स्वाब परीक्षण रिपोर्टमा रामेछापका एक जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । तर यसबारेमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले भने आफुहरुलाई आधिकारीक जानकारी नभएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप संक्रमण पुष्टि भएका एक जना सहित रामेछाप जिल्लाबाटै स्वाब पठाइएकोमा कोरोना संक्रमण हुनेको संख्या २० जना पुगेको छ । यसअघि जेठ २३ गते शुक्रबार एकैदिन १७ जना र जेठ ३२ गते आइतबार २ जनामा कोरोना संक्रमण पुष्टि भइसेको छ ।