काठमाडौं । असार १ गते,
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता जागेश्वोर गौतमले संक्रमितको संख्या ६२ सय ११ पुगेको जानकारी दिए । पछिल्लो २४ घन्टामा ४५१ जना नयाँ संक्रमित थपिएको उनले बताए । पछिल्लो २४ घन्टामा सात महिलासहित ६७ जना कोरोनामुक्त भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या एक हजार ४१ पुगेको छ ।
नेपालमा कोरोनाबाट पछिल्लो २४ घन्टामा कसैको मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ । अहिलेसम्म एक लाख ३८ हजार ६८३ ओटा ‘पीसीआर’ परीक्षण भएका छन् । हाल देशभर एक लाख ३३ हजार ८२९ जना ‘क्वारेन्टिन’मा रहेका छन् । पाँच हजार १५१ जना ‘आइसोलेसन’मा रहेका छन् ।
कोरोना संक्रमितको संख्या ६२ सय ११ पुग्यो, थप ४५१ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: सोमबार, असार १ २०७७
- तामाकोशी