रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजातान्त्रिक समुहका घिमिरे निर्वाचित : १४ मध्य १२ पद बामपन्थी समुहको कब्जामा

  • प्रकाशित मिति: सोमबार, माघ ६ २०७६
  • तामाकोशी

रामेछाप । माघ ६ गते,
रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव प्रसाद घिमिरे निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट अध्यक्षका आर्का उम्मेदवार जगन्नाथ दाहाल जेएनलाई ९ मतले हराउँदै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ९ सय ९२ मतमा घिमिरेले ४ सय ८६ र दाहालले ४ सय ७७ मत प्राप्त गरेका छन् । संघको १४ पदमध्य १२ पद बामपन्थी समुहले कब्जा गरेका छन् । संघको वरिष्ठ उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष , आजीवन सदस्य ,महिला सदस्य र ४ खुला सदस्यमा दाहाल समुहका पदाधिकारी विजयी भएका छन् भने एउटा खुला सदस्य घिमिरे समुहका उम्मेदवारले जितेको छ ।
वरिष्ठ उपाध्यक्ष पदका दाहाल समुहका उम्मेदवार नविन थापा मगर ५ सय ५९ , बाणिज्य उपाध्यक्ष दामोदर थापा ५ सय ४४, उद्योग उपाध्यक्ष भिमशेन थापा ५ सय ८ , महासचिव नवराज ढुँगेल ५ सय ६३, सचिव सुरेश उदाश ५ सय ७७ र कोषाध्यक्ष पवनकुमार कठायत ५ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् । दाहाल समुहकै जया सुवेदी ४ सय ९६ मत प्राप्त गरी महिला सदस्य र आकाश रिजाल ५ सय १२ मत प्राप्त गरी आजीवन सदस्यमा विजयी भएका छन् । दाहाल समुहकै उम्मेदावर सुमिका श्रेष्ठ ५ सय ५, राजु थापा ५सय १४, कुमार श्रेष्ठ ५ सय १९, किशोर पौडेल ४ सय १४ मत प्राप्त गरी खुला सदस्य पदमा निर्वाचित भएका छन् भने दहाल समुहका सन्तोषदास कथवनीया घिमिरे समुहका यज्ञप्रसाद सुवेदीसंग पराजित भएका छन् । कथवनीयाले ३ सय ५ मत प्राप्त गरेका छन् भनेसुवेदीले ४ सय ६ मत प्राप्त गरेका छन् । कूल १ हजार ९९ मतदाता रहेकोमा निर्वाचनमा ९ सय ९२ मत खसेको थियो ।