रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनको लागि दुई समुहको उम्मेदवारी

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०७६
  • तामाकोशी

रामेछाप । पौष २९ गते,
रामेछाप उद्योग वाणिज्य संघको यही माघ ५ गते हुने निर्वाचनको लागि २ वटा समुहले अलग अलग उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनको लागि वामपन्थी समुहबाट जगन्नाथ दाहालको अध्यक्षतामा उम्मेदवारी दर्ता गराएको छ भने प्रजातान्त्रिक समुहको तर्फबाट केशव घिमिरे अध्यक्ष रहेको उम्मेदवारी दर्ता भएको छ । जगन्नाथ दाहालको समुहमा वरिष्ठ उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, सचिव, र कोषाध्यक्षमा क्रमश ः नविन थापा मगर, दामोदर थापा, भिमशेन थापा, नवराज ढुँगेल, सुरेश उदाश र पवनकुमार कठायत रहेका छन् ।
यसैगरी घिमिरेको समुहमा क्रमश ढाकल थापा, इश्वरचन्द्र श्रेष्ठ, रामसुदिश साह, कृष्णबहादुर थापा, रमेश ढुँगेल र प्रमोदकुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा दाहाल पक्षबाट आकाश रिजाल, जया सुवेदी, सुमिका श्रेष्ठ, राजु थापा, कुमार श्रेष्ठ, किशोर पौडेल र सन्तोषदास कथवनी रहेका छन् । घिमिरे समुहमा अरविन कुमार श्रेष्ठ, डम्बरकुमारी भण्डारी, यज्ञप्रसाद सुवेदी, वासुदेव फुयाँल, विश्वराज कोइराला, नथुनी पुर्वे र सुनिरा श्रेष्ठ रहेका छन् । यसमा दाहाल समूहबाट उम्मेदवारी दिएका केही बाहेक अरु यस अघि वाणिज्य संघको पदाधिकारी नै भइसकेका उम्मेद्वारहरु छन् भने केशव प्रसाद घिमिरेको समूहमा अधिकासं उम्मेद्वार नयाँ अनुहारका छन् ।