दोलखामा हिमाल आरोहणका क्रममा एक स्पेनी नागरिकको ज्या*न गयो

  • प्रकाशित मिति: आइतबार, कार्तिक ३ २०७६
  • तामाकोशी

दोलखा । कार्तिक ३ गते,
हिमाल आरोहणका क्रममा दोलखामा एक जना स्पेनी नागरिकको ज्यान गएको छ । गौरीशंकर गाउँपालिका ९ को गौरीशंकरमा पर्ने ‘चुकिमा गो’ हिमाल आरोहण गर्ने क्रममा ४४ वर्षीया लुइल फेलिपे भल्भरोय गुज्रम्यानको ज्यान गएको हो । यो हिमालको उचाइ ६ हजार दुई सय ५८ मिटर रहेको छ । उनको (हिउँमा डोरी अड्याउन धारिलो उपकरण खोप्ने काम)’ का क्रममा लडेर घटनास्थलमै ज्यान गएको बताइएको छ । फर्नान्डेसलाई डोरीको बीचमा अड्किरहेको अवस्थामा उद्धार गरी हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशम बोहराले जानकारी दिए । चार जना स्पेनी नागरिकको टोली हिमाल आरोहणका लागि अन्नपूर्ण ट्रेक एण्ड एक्सपिडिसनमार्फत गएको असोज १२ गते काठमाण्डौबाट दोलखा आएका थिए । बाँकी दुई जना आरोहीको अवस्था भने सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ ।