दुइदिनको प्रयासपछि पहिरोका कारण अवरुद्ध मन्थली—खुर्काेट सडकखण्ड खुल्यो

  • प्रकाशित मिति: आइतबार, असार २९ २०७६
  • तामाकोशी

रामेछाप । असार २९ गते,
अबिरल बर्षासंगै आएको पहिरोका कारण अवरुद्ध मन्थली—खुर्काेट सडकखण्डको अवरुद्ध हटाइएको छ । आइतबार काठमाडौबाट ठुलो स्काभेटर मगाएर खुर्काेट पुलमा पहिरो सहित बसेको ठुलो ढंगालाई ब्रोकर हानेर फुटाएपछि साँझ पुलमा रहेको अवरोध हटाउँन सफल भएको रामेछापकी प्रमुख जिल्ला अधिकार लिला कुमारी केसी पाण्डेले जानकारी दिइन् । उनका अनुसार अवरुद्ध यो सडक खुलाउँन मन्थली नगरपालिका , जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी ,शसस्त्र प्रहरी , ट्राफिक प्रहरी लगाएत स्थानीयहरु शनिबार बिाहानैदेखी सक्रियतका साथ लागि परेका थिए । खुर्काेटको पुलमा रहेको अवरोध हटाइएपनि अहिले तत्कालै भने मन्थली—खुर्काेट सडकबाट यातायातका साधनहरु संचालन नगरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताइन् । यो सडक खण्डको सम्पुर्ण अवरोध हटाइएकाले आउँनसक्ने जोखिमतालाई मध्यनजर गरी यातायात तथा ढुवानीका साधन संचालन गर्ने बिषयमा सरोकारवाला निकायसंग छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी केसीले बताइन् ।