रामेछाप । कार्तिक ७ गते,
रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को चियापान कार्यक्रम सम्पन्न भएको छ । दशै , तिहार , छट लगाएतका पर्वहरुको अवसर पारी पार्टीले चियापान कार्यक्रमको आयोजना गरेको हो । 
कार्यक्रम नेकपाका केन्द्रीय सदस्य कमल चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । चियापान कार्यक्रममा नेकपा रामेछापका नेता तुला प्रसाद कडेंल , स्थानीय तहका निर्वार्चित जनप्रतिनिधिहरु,पार्टीका अन्य नेताहरु लगाएत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं नेकपाका केन्द्रीय सदस्य कमल चौलागाईले मुलुकको दिगो विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प नरहेको बताए । साना तिना बिषयमा नअल्झि एक हुनुपर्ने अहिलेको अवश्यकता रहको उनको भनाई छ ।
रामेछापको सुनापति गाउँपालिकामा नेकपाको चियापान
- प्रकाशित मिति: बुधबार, कार्तिक ७ २०७५
- तामाकोसी खबर