एसिया कप छनौटः हङकङसँग नेपालको लजास्पद व्याटिङ जम्मा ९६ रनको लक्ष्य प्रस्तुत (बल बाइ बल लाइभ)

  • प्रकाशित मिति: मंगलबार, भाद्र १९ २०७५
  • तामाकोसी खबर

मलेसिया, भदौ १९ गते ।
एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेल्दैछ । नेपालले टस जितेर पहिले व्याटिङ गरेको नेपाल ३७.५ ओभरमा सबै विकेट गमाउदै ९५ रन मात्र बनाउन सक्यो ।
खेलको सुरु देखिनै ब्याटिङ रुल पतन हुदै गयो । ओपनर सुवास खकुरेल खाता नै नखोली १ बलमै आउट भए भने कप्तान पारस खड्का २९ बलमा १४ रन बनाएर आउट भए ।
नेपालको कुनै ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन्, नेपालका अर्का ओपनर अनिल साह ४२ बलमा १५ रन, उपकप्तान ज्ञानेन्द्र मल्ल २६ बलमा १२ रन, दिपेन्दसिङ एैरी ६ बलमा २ रन र सागर पुन ९ बलमा ७ रन बनाएर पेवलियन फर्के । यस्तै सोमपाल कामी १२ बल खेलेर विना रन मैदान बाट फर्कन बाध्य भए ।

आठौँ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी बीच ३४ रनको साझेदारी भयो । यसले नेपाललाई केही राहत भएको थियो । तर नेपालले ९२ रन बनाउँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले १५ रन थपे ।



नेपाललाई सस्तैमा समेट्ने क्रममा इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट हात पारे भने मोहम्मद अजिज खान र तनवीर फैजलले २–२ विकेट लिए ।

फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुनेछैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ । (बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।