रामेछाप । भदौ ११ गते,
रामेछाप जिल्लाभर काठको पोल विस्तापित गर्ने कार्यक्रमले तीब्रता पाएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने क्रममा गाडेको काठको पोल विस्तापित गरेर स्टिलको पोल गाड्ने कामलाई अगाडि बढाएको हो । काठको पोल जिर्णे हुँदा विद्युत सर्ट हुने र नागरिकहरुको ज्यान नै जाने अवस्था सृजना भएपछि प्राधिकरणले एक बर्ष अघि झण्डै छ हजार काठको पोल विस्तापित गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।
विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले गत आर्थिक बर्षमा करिब २५ हजार काठको पोल विस्तापित गरेर नयाँ स्टिलको पोल गाडिएको बताए । उनका अनुसार एक बर्ष्भित्र रामेछाप जिल्लाभर काठको पोल विस्तापित गरिने गरेर कार्यक्रम अगाडि बढाइको छ । काठको जिर्ण पोल सबै फेरिसकेकाले अब सबै काठका पोल नै हटाउने योजना अन्तर्गत काम भइरहेको अधिकारीको भनाई छ । प्राधिकरणले विद्युतीकरण गरेको स्थानमा मात्र काठको पोल विस्तापित गर्ने कार्यक्रम अन्तर्गत काम भइरहेको बताउदै उनले अत्यावश्यक स्थानमा काठको पोलबाट समस्या सृजना भएको ठाउँमा तत्काल पठाइएको बताए ।
रामेछाप जिल्लाभर काठको पोल हटाइदै, ३५ सय स्टिलको पोल गाड्ने तयारी
- प्रकाशित मिति: सोमबार, भाद्र ११ २०७५
- तामाकोसी खबर