रामेछाप सांस्कृतिक कलाकार समाजको साधारणसभा तथा तीज विशेष कार्यक्रम हुँदै

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ६ २०८२
  • तामाकोशी

काठमाडौं । “रामेछापको शान, कला र संस्कृति हाम्रो पहिचान, समृद्ध रामेछापका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ रामेछाप सांस्कृतिक कलाकार समाजले आफ्नो १६ औं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम–२०८२ आयोजना गरिएको छ।

शनिबार, अर्थात भदौ ७ गते काठमाडौंको सामाखुशीस्थित फरेस्ट फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा रामेछापका कलाकार, समाजसेवी, साहित्यकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने समाजका अध्यक्ष उत्तम पौडेलले जानकारी दिनुभयो।



कार्यक्रममा समाजको वार्षिक प्रतिवेदन, भावी योजना र आगामी कार्यक्रमहरू प्रस्तुत हुने साथै सांगीतिक प्रस्तुति, तीज गीतमा आधारित नृत्य र सांस्कृतिक प्रदर्शनले कार्यक्रममा रौनक थपिने अपेक्षा गरिएको छ। सहभागी महिला दिदीबहिनीहरूले तीज गीत गाउँदै नाचगानमा रमाइलो गरिने भएकाले सरोकारवाला सबैलाई निमन्त्रणा गरिएको छ ।