काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाउनुभएको छ । ‘गृहमन्त्रीले आधि घण्टाअघि राजीनामा दिनुस् भनेर फोन गर्नुभएको मैले किन दिने ? दिन्न भन्ने जवाफ दिएको थिएँ । अहिले हटाएको खबर आयो’, तामाङले भन्नुभयो । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्रीले गरे बर्खास्त
- प्रकाशित मिति: बुधबार, बैशाख १० २०८२
- तामाकोशी