सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा मोतिया विन्दु भएका विरामीहरुको आँखाको निःशुल्क शल्यक्रिया सुरु भएको छ। सुनकोशी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाको संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा शनिवार र आइतबार सञ्चालन हुने शिविरमा १५० जनाको शल्यक्रिया गर्ने लक्ष्य राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताउनुभयो । सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका सहित रामेछाप जिल्लाका समेत बिरामी रहेको आयोजकले जनाएको छ।
