रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घले एक वर्षमा ४ लाख ९६ हजार नाफा कमायो

  • प्रकाशित मिति: शनिबार, मंसिर ३० २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले एक वर्ष ४ लाख ९६ हजार रुपैयाँ बढी नाफा कमाएको छ । यो सहकारीले गत आर्थिक वर्ष २०७९÷०८० मा ४ लाख ९६ हजार रुपैयाँ बढी नाफा कमाएको हो ।

बचत तथा ऋण सहकारी सङ्घको शनिवार मन्थलीमा सम्पन्न १६ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष कुलबहादुर कार्कीले संस्थाले गत वर्ष ४ लाख ९६ हजार ३०० रुपैयाँ नाफा कमाएको जानकारी दिनुभयो । कोषाध्यक्ष कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार सो संस्थाको शेयर पुँजी ७ करोड ४३ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै बचत सङ्कलन २ करोड १५ लाख ५१ हजार ८० रुपैयाँ पुगेको छ ।
कार्यक्रममा बचत तथा ऋण सहकारी सङ्घका महासचिव शिवराज श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ मा हाल रहेको १७५ शेयर सदस्यबाट १८० शेयर सदस्य पु¥याउने संस्थाले लक्ष्य लिएको उल्लेख गरिएको छ । सङ्घको आर्थिक वर्ष २०८०÷०८१ मा ५ लाख १९ हजार नाफा, शेयर पुँजी १५ लाख र बचत सङ्कलन ३ करोड ६८ लाख ९६ हजार ५५६ पु¥याउने लक्ष्य लिएको महासचिव श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता, राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यता सङ्घको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । अहिले रामेछाप जिल्लाभित्र सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूलाई एकताको सूत्रमा समेटेर रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ अगाडी बढिरहेको सङ्घका अध्यक्ष दाहालले बताउनुभयो । सङ्घले जिल्लाका बचत तथा ऋण सहकारी संस्थाको हक, हित रक्षाका लागि बहस, पैरवी, विकास र प्रवर्धनमा टेवा पु¥याउनका लागि काम गरिरहेको उहाँको भनाइ छ । सोही अनुरूप रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घले सहकारीको भावना, मूल्य, मान्यता, सिद्धान्त अनुरूप कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ २०५५ साल माघ ३० गते डिभिजन सहकारी कार्यालय दोलखाकामा दर्ता भएर सञ्चालन आएको थियो ।