नवजागरण बचत एक करोड ५७ लाख बढी नाफा कमाउन सफल

  • प्रकाशित मिति: शनिबार, असोज ८ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ५७ लाख रुपैयाँ बढी नाफा कमाएको छ । सहकारीको शनिबार मन्थलीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायण बहादुर कार्कीले यसबारेमा जानकारी दिनुभएको हो । कोषाध्यक्ष कार्कीले साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाले एक वर्षको अवधिमा एक करोड ५७ लाख २६ हजार ३८२ रुपैँया नाफा कमाएको छ । यसबाट १५ लाख ७२ हजार ३३८ रुपैयाँ २५ पैसा र ९ लाख १८ हजार ७५ रुपैयाँ आयकर कटाउँदा सहकारीले एक करोड ३२ लाख ३४ हजार ६९ रुपैयाँ २७ पैसा खुद नाफा कमाएको छ । कोषाध्यक्ष कार्कीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार सो संस्थाको शेरय रकम चार करोड ५५ लाख ९९ हजार ५०० रुपैयाँ पुगेको छ । त्यस्तै बचत रकम ३९ करोड ९९ लाख ७ हजार ९२ रुपैयाँ ५७ पैसा पुगेको छ । आर्थिक वर्ष ०७८÷०७९ मा संस्थाले ३९ करोड १४ लाख १२ रुपैँया ऋण लगानी गरेको छ । कार्यक्रममा सहकारीका सचिव सोमेश थापाले आगामी आर्थिक वर्ष २०७९÷०८० मा ७ हजार ७७० जना शेयर सदस्यबाट कम्तीमा १० हजार जना पुर्याउने, चुक्ता शेयर पूँजी ६ करोड ४३ लाख ५० हजार रुपैयाँ, ५२ करोड ४१ लाख बचत रकम पुर्याउने र ५१ करोड ४८ लाख रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य सहितको ३२ बँुद्दे आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा असल शेयर सदस्य ३० जना, ३६ जना सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री प्रदान र ४ जना वृद्ध वृद्धालाई सम्मान गरिएको नवजागरण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रमेश उदासले बताउनुभयो । उहाँका अनुसार संस्था खुद नाफाबाट ४४ लाख ३६ हजार शेयर लाभांश जसमा ११ प्रतिशत शेयर लाभंस परेको छ । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको साधारण सभाको समापन कार्यक्रम मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठको प्रमुख आतिथ्यमामा भएको थियो ।