रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने भएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ठूलोकान्छा तामाङले पदभार सम्हाल्दै पालिकाभित्रका सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । यो गाउँपालिकाका निवर्तमान अध्यक्ष धावा लामाको कार्यकालमा पनि प्रोत्साहन भन्दै यस्ता भत्ता वितरणको कार्यक्रमलाई अगाडी ल्याइएको थियो । सुनापति गाउँपालिकाले यसअघिको कार्यकालमा किसनालाई प्रोत्साहन भन्दै सुत्केरी भैसीलाई भत्ताको व्यवस्था गरेको थियो । गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई भैसी पालनमा प्रोत्साहन गर्न निवर्तमान गाउँपालिका अध्यक्ष धावा लामाले गाउँपालिकामा सुत्केरी भैसीलाई भत्ताको सुरुवात गर्नुभएको थियो । तर गाउँपालिकाले गरेको अपेक्षा अनुसार किसानहरु व्यवसायिक रुपमा भैसी पालनमा नलागेपछि गाउँपालिकाको सुत्केरी भैसीलाई भत्ता कार्यक्रम प्रभावकारी हुन सकेको थिएन ।
सुनापति गाउँपालिकाले सुत्केरीलाई चार हजार भत्ता दिने
- प्रकाशित मिति: मंगलबार, जेष्ठ १० २०७९
- तामाकोशी