नेपाल मतदाता अधिकार मञ्चको निर्वाचन केन्द्रित प्रशिक्षण

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १७ २०७८
  • तामाकोशी

रामेछाप । नेपाल मतदाता अधिकार मञ्चले निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । मञ्चले काठमाडौँमा युवाहरुलाई निर्वाचन केन्द्रित प्रशिक्षण सुरु गरेको हो । फागुन १६ गते सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा अमेरिकी राजदुत रेन्डी बेरी र पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल पनि सहभागी हुनुभएको थियो । निर्वाचन आयुक्त डा. तुलाधरले निर्वाचनको समयमा सही सूचनाको महत्वपूर्ण भूमीका हुने बताउनुभयो । गलत र मिथ्या सूचनाले निर्वाचनलाई प्रभावित पार्ने उहाँको भनाइ छ । सामाजिक सञ्जालमा संप्रेषण हुने गतल सूचनाले जनमानसमा भ्रम र्सिजना गर्ने गरेको भन्दै उहाँले त्यस्ता सूचनालाई न्युनिकरण गर्नुपर्ने बताउनुभयो । अमेरिकी दूतावासको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण कार्यक्रम फागुन १८ गतेसम्म चल्नेछ । नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनमा हुने भ्रामक, मिथ्या र गलत सूचनालाई प्रतिवाद एवं नियन्त्रण गर्न युवाहरुलाई प्रशिक्षित गर्न लागिएको जनाएको छ । मञ्चका अध्यक्ष भक्त विश्वर्कमाका अनुसार तालिममा ४ प्रदेशका युवाहरुको सहभागीता छ ।