९५ जना डिएसपीको एकैपटक सरुवा

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २५ २०७८
  • तामाकोशी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कात्तिक २५ गतेको निर्णयअनुसार ९५ डिएसपीको सरुवा गरिएको हो । बिहीबार डिएसपीहरूको सरूवा सूची प्रहरीले सार्वजनिक गरेको हो । डिएसपीहरूको मंसिर महिनादेखिको तलबभत्ता र सुविधा सरुवा भएको दरबन्दीबाट उपलब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालय अन्तर्गको प्रहरी राष्ट्रिय किताबखानालाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

DSP25