सुनको मूल्यमा तीन सय रुपैयाँले वृद्धि

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ४ २०७८
  • तामाकोशी

काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । बुधबारको तुलनामा तीन सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १२ सय ६० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो ।