हात्तीको आक्रमणबाट बर्दिया जिल्लामा एक जनाको मृत्यु भएको छ । आक्रमणम परेर राजापुर नगरपालिका–१० दक्षिणखैरीका बेचन दहितको मृत्यु भएको ईलाका प्रहरी कार्यलय, राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको घिमिरले बताउनुभयो । राजापुर नगरपालिकाको भारतीय सिमावर्ती क्षेत्रका गाउँहरूमा हात्तीले अन्नपात नोक्सान गर्नुका साथै आतंक मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छ्न् ।
हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
- प्रकाशित मिति: आइतबार, असोज २४ २०७८
- तामाकोशी