भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति: सोमबार, असोज ४ २०७८
  • तामाकोशी

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दिनुभएको जानकारी अनुसार बाँके र दाङका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भाद्र २८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
अस्पतालमा भर्ना भएको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः३० बजे मृत्यु भएको अहाँले बताउनुभयो । उनीमा भाद्र १८ गते संक्रमण पुष्टि भएको थियो ।