काठमाण्डौ । सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा १३ सय २० रुपैयाँ छ ।
सुन तोलाको ९२ हजार ४०० रुपैयाँ पुग्यो
- प्रकाशित मिति: मंगलबार, असार २९ २०७८
- तामाकोशी