सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

  • प्रकाशित मिति: सोमबार, असार ७ २०७८
  • तामाकोशी

काठमाण्डौ । सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलाको चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा पुगेको छ ।