काठमाण्डौ । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेको छ । आज ७ सय रुपैयाँ घटेको सुनको भाउ तोलाको ९३ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हप्ताको पहिलो दिन हिजो सुनको भाउ तोलामा छ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय ६५ रुपैयाँ तोकिएको छ । हिजो चाँदी तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
सुन आज तोलामा ७ सय रुपैयाँले घट्यो
- प्रकाशित मिति: सोमबार, जेष्ठ ३१ २०७८
- तामाकोशी