सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने खनाल–नेपाल समूहको निर्णय

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २४ २०७८
  • तामाकोशी

काठमान्डौं । एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सर्वोच्च अदालतमा दर्ता गरिएको हस्ताक्षर फिर्ता नगर्ने निर्णय गरेको छ ।

नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै विपक्षी गठबन्धनसँगै सवोच्च्मा हस्ताक्षर बुझाएको छ । खनाल–नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकले हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको र यसमा कुनै मतभेद नरहेको एक नेताले बताए ।



प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने सर्त नेपाल समूहले अघि सारेको छ ।