सत्तामा फर्कियो कांग्रेसः दुई मन्त्रीले आजै मन्त्रालयमा पदभार ग्रहण गरे

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २३ २०७८
  • तामाकोशी

काठमाडौं, जेष्ठ २३ गते । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ। २०७४ मा भएको निर्वाचनपछि प्रदेश सरकारसहितको संघीय संरचनामा सरकारहरु बनेपछि कांग्रेस पहिलोपटक सहभागी भएको हो।

कम्युनिष्टहरुको गढ भनेर चिनिने र कांग्रेस सबैभन्दा कमजोर देखिएको प्रदेश कर्णालीबाट सरकारमा उसको पहिलो ‘इन्ट्री’ भएको छ। प्रदेशमा ६ सांसद रहेको कांग्रेसका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बीसी आइतबार कर्णाली प्रदेश सरकारमा सहभागी भएका हुन्।



श्रेष्ठ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बिसीलाई दिइएको छ। प्रदेश प्रमुख गोविन्द कलौनीले आइतबार दुबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। श्रेष्ठ र बीसीले आजै मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

योसँगै कांग्रेससहितको पहिलो गठबन्धनको सरकार पनि बनेको छ। मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो।