युवती लिएर हिडेका प्रदेश सांसदको कारको ठक्करबाट पैदल यात्रुको मृ’त्यु

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २१ २०७८
  • तामाकोशी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृ’त्यु भएको छ । घटनामा अर्का एकजना घाइते छन् ।

विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृ’त्यु भएको बताइएको छ । ग’म्भीर घाइते उनलाई कोसी अस्पताल लगिए लगत्तै मृ’त्यु भएको हो । घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्नीचरका मजदुर हुन् ।



ठक्कर दिने कार सांसद् कार्कीका छोरा रोविन कार्कीले चलाएको तर घटनापछि उनी फरार भएको प्रहरी स्रोतको दाबी छ । गाडीमा कार्कीसँगै अरु दुई युवती पनि रहेको बताइएको छ । घटनामा कारको अघिल्तिर पूर्णत क्षति पुगेको छ ।