काठमाडौं । नेपालमा थप ४ हजार ७ सय ६२ जनामा कोभिड–१९ संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशभर १५ हजार ५५ पीसीआर र २ हजार ४ सय २५ एन्टिजेट परीक्षणमा ४ हजार ७ सय ६२ जनामा कोभिड–१९ संक्रमण भएको हो । योसँगै देशभर ५ लाख ६१ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । देशभरबाट ६ हजार ४ सय ९१ जना निको हुँदा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर कोभिडबाट १ सय १४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ ।
२४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुत्त,४७ सय ६२ जना संक्रमित थपिए
- प्रकाशित मिति: सोमबार, जेष्ठ १७ २०७८
- तामाकोशी