सुन आज तोलामा सात सय रुपैयाँले बढ्यो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १३ २०७८
  • तामाकोशी

काठमाण्डौ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँ बढेको छ । अस्ति मङ्गलवार तोलाको ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सात सय रुपैयाँ बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।