काठमाण्डौ । सुनको भाउ बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ । आजको भाउ हिजोको भन्दा दुई सय रुपैयाँ बढी हो । हिजो तोलामा सुन ९१ हजार ८ सय रुपैयाँ थियो । कोरोना भाइरसको जोखिमका कारण लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा पैसा हाल्न थाले पछि सुनको भाउ बढेको हो । नेपालमा अहिले सुनको कारोबार खासै छैन । तर, अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढी आकर्षित भएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा पुगेको छ ।
सुन दुईसयले बढेर तोलाको ९२ हजार रुपैयाँ पुग्यो
- प्रकाशित मिति: सोमबार, बैशाख २७ २०७८
- तामाकोशी