नेपालमा दुई लाख ४७ हजार ४०० जना कोरोनामुक्त

  • प्रकाशित मिति: बिहिबार, पुष ९ २०७७
  • तामाकोशी

काठमाण्डौ । पुस ९ गते,
विहीबार सात सय ३९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४७ हजार चार सय पुगेको छ । यस्तै विहीबार ६ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५६ हजार पाँच सय ९२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । विहीबार पाँच जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय आठ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार तीन सय ८४ रहेको छ ।