काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपाल समूह छाडेर आफ्नो समूहमा आएका पूर्व माओवादी नेता टोपबहादुर रायमाझीलाई उर्जामन्त्री बनाउने तयारी गरेका छन्।
अर्घाखाँची १ बाट तत्कालीन वामगठबन्धनको तर्फबाट सांसद चुनिएका रायमाझी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै ओलीको समर्थनमा खुलेर लागेका छन्। उनलाई आजै वा भोलिसम्ममा उर्जामन्त्रीको सपथ गराउने तयारी रहेको बुझिएको छ। ‘रामबहादुर थापा प्रचण्ड समूह तर्फ लागे रायमाझीलाई यसअघि गृहमन्त्री बनाउने तयारी थियो।’ स्रोतले भन्यो, ‘भोलिसम्ममा रायमाझीले सपथ लिनेछन्’। रामबहादुर थापाले केपी ओलीसँगै रहने निर्णय गरेपछि रायमाझीलाई उर्जामन्त्री बनाइन लागेको हो।
यसअघि प्रचण्ड समूहका नेता बर्षमान पुन उर्जा मन्त्री थिए। संसद विघटनको विरोधमा उनले राजीनामा दिएसँगै रिक्त रहेको पदमा रायमाझीलाई नियुक्त गरिन लागिएको हो। नेता रायमाझीसँगै पूर्व माओवादी समूहबाट मणि थापा, लेखराज भट्ट लगायत पनि ओली समूहमा आएका छन्।
#ओली #प्रचण्ड #मन्त्री #टोपबहादुर